बुटवलमा थप एक संक्रमितको मृत्यु

   २८ आश्विन २०७७, बुधबार १०:३५  

२८ असोज, रौतहट । बुटवलमा थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।

नवलपरासी पश्चिमका सुनवल नगरपालिका–४ निवासी ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

यही असोज २६ गते श्वास प्रश्वासमा समस्या आएपछि, लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

बुधबार बिहान करिब २ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटु रोगीसमेत रहेको गौतमले जनाकारी दिए ।