मंगलबार थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि
२७ असोज, रौतहट । नेपामा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (काभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकार अनुसार बितेको २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
यस्तै, नेपालमा हाल संक्रिय संक्रमितको कुल संख्या ३५ हजार ९ सय १५ पुगेको मन्त्रालयले जनाका छन् । जसमध्ये संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना र होम आइसोलेशनमा २० हजार ८ सय ६७ जना रहेका छन् ।
त्यस्तै, बितेको २४ घण्टामा थप १ हजार ५ सय ३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशमा कोरोनामुक्त हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ६३ पुगिसकेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै थप २ हजार १ सय २९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ४६ जना, ललितपुरमा २ सय १६ जना र भक्तपुरमा १ सय ६७ जनागरी थप २ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको हो ।