रुपन्देहीमा जिपको ठक्करबाट एकजनाको मृत्यु
द नेपाल मिडिया
२७ आश्विन २०७७, मंगलवार १४:२५
२७ असोज, रौतहट । जिपको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थनगर नगरपालिका ६ दयापथ का ४० वर्षीय बिनोद मल्लाहको दुर्घटनामा मृत्यु भएको हो ।
सिद्धार्थ नगरपालिका ८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफुल बेचीरहेको समयमा मल्लाहलाई लु.१ य ८ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।