मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु
२७ असोज, रौतहट । मोरङमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का ४३ वर्षीय एक कोरोना संक्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई श्वासप्रश्वारमा समस्या आई बेहोस अवस्थामा असोज २४ गते अस्पतालमा भर्ना गरिएको अस्पतालमा आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।
सोही दिन स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको पनि कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।
उनमा यही असोज २४ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएको थियो । आज बिहन उपचारको क्रममा मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि, भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।