गर्भवती महिलालाई नक्कली अल्ट्रासाउन्ड गर्ने डाक्टर पक्राउ

   २७ आश्विन २०७७, मंगलवार १२:०१  

२७ असोज, रौतहट । वीरगन्ज महानगरपालिका २ छप्कैयास्थित यादव अल्ट्रासाउन्ड सेन्टरबाट गर्भवती महिलाको नक्कली अल्ट्रासाउन्ड गर्ने एक डाक्टरलाई प्रहरीले उक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा विन्दवासिनी गाउँपालिक ३ का नारद साह छन् । उक्त अल्ट्रासाउन्ट सेन्टरमा उनले डा. शिवशंकर यादवको नाममा अल्ट्रासाउन्ड गर्ने र गर्भीवती महिलाहरूलाई औषधी दिने काम गर्ने गरेका थिए ।

प्रहरीले शनिबार अपराह्न उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिमको इलाज सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
साहले अन्य विरामीको समेत चेकजाँच गर्ने र औषधी लेखेर दिने गरेका थिए । उनी अहेब रहेको प्रहरीले पत्ता लगाएको छ । लामो समयदेखि उनले विरामी जाँच्ने काम गरिरहेका थिए ।

अनुसन्धानका क्रममा साहले आफूले अनुभवका आधारमा लामो समयदेखि यसरी बिरामीको चेकजाँच गर्ने गरेको बताएका छन् ।

उनीमाथि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।