पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा एक युवक पक्राउ

   २७ आश्विन २०७७, मंगलवार ११:४०  

२७ असाोज, रौतहट । सिरहामा एक पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

यादवले स्थानिय नावालिकलाई आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गर्न खोज्दाँ बालिकाले धकेली त्याहाँबाट भागेको प्रकरीले बताए ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।