त्रिविका उपप्राध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई पक्राउ

   २६ आश्विन २०७७, सोमबार १४:५५  

२६ असोज, रौतहट । त्रिभुवन विश्वविद्यालयको समाज शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरको टोलीले आइतबार रविन लामा र रूपेश साहलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

लामालाई प्रहरीले सिराहाबाट पक्राउ गरेको हो, भने रूपेश काठमाडौंबाटै पक्राउ परेको उनले बताए । एसएसपी ज्ञवालीका अनुसर उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

अहिले उनीहरूसँग सोधपुछ गर्ने काम अघि बढेको छैन् । कानुनी प्रकृया पुरा गरेर थप अनुसन्धान अघि बढ्छ, उनले भने।
गत असोज २० गते त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार भएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।