नेपालमा थपिए २०७१ कोरोना संक्रमित
२५ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सयसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको मन्त्रालयले जनाएका छन् ।
हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३१ हजार ३ सय १५ रहेको छ ।
त्यस्तै, बिगत २४ घण्टामा थप १ हजार ५ सय ५२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यससंगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ६ सय ३६ पुगेको गौतमले बताए ।
त्यसैगरी, मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा केरोना भाइरस (कोभिड १९)कासंक्रमण पुष्टि भएको छ ।