मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक बालिका घाइते
द नेपाल मिडिया
२५ आश्विन २०७७, आईतवार ११:५२
२५ असोज, रौतहट । अरनिमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा गए राति मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।
आइतबार बिहान बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा भक्तपुर नगरपालिका ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएका छन् ।
यस्तै, मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए ।