२ लाखको सामान बरामद

   २४ आश्विन २०७७, शनिबार ११:२०  

 

२४ असोज, रौतहट । सशस्त्र प्रहरी बलले गैरकानूनी रुपमा नेपाल भित्राउदै गरेको २ लाख भन्दा बढीको मालसामान बरामद गरेको छ ।

रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियामा अबैध रुपमा भन्सार छली गरेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको रु २ लाख ८ हजारको बिभिन्न किसिमका लत्ताकपडाहरु सशस्त्र प्रहरी बलले बरामद गरेको हो । सशस्त्र प्रहरीको ११ नम्बर गण हेड क्वाटर रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको कमाण्डमा खटेको टोलले सो सामग्री बरामद गरेको हो ।

बरामद गरीएको सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जानकारी दिएका छन ।