बैतडीमा जिप दुर्घटना हुदाँ १० जना घाइते

   २३ आश्विन २०७७, शुक्रबार १५:१८  

२३ असोज, रौतहट । बैतडीमा आज जिप दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

बैतडीका पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप शुक्रबार बिहान करिब १० बजे दुर्घटना हुदाँ १० जना घाइते भएको जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् ।

घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले बताए ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।