दाङबाट १ किलो अवैध सुनसहित ३ जना पक्राउ
२३ असोज, रौतहट । एक किलो अवैध सुनसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घोराही दाङका दुई जना र बुटवलका एक जना सुनसहित पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बजार क्षेञबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रपक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राजमार्ग क्षेत्रबाट जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई प्रहरीले पक्राउ गरिएको छ ।
बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५र५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गरिएको अड्काले बताए ।
जिल्लामा अवैध सुन बरामद भएको यो नै पहिलो घटना रहेको समेत खड्कले बताए ।