प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

   २२ आश्विन २०७७, बिहीबार १२:१२  

२२ असोज, रौतहट । धरानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धरान नगरपालिका १० का सुनसरीका ३९ वर्षीय पुरुषको निधन भएको हो ।

उनलाई यही असोस १२ गते कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उपचारको क्रममा बिहीबार बिहान करिब ४ः३० बजे मृत्यु भएको श्रेष्ठले बताए ।

मृतक पुरुषमा टीबी पेरिटोनिटिस र हेपाटोर्नियल सिन्ड्रोमको समेत समस्या रहेको थियो ।