७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरूष पक्राउ
२२ असोज, रौतहट । काठमाडौँ बाट एक ४३ वर्षीय पुरुषलाई ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ।
दाङ जिल्लाको घोराही नगरपालिका ४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विकलाई प्रहरीले पक्राउ गरिएको हो ।
बुधबार दिँउसो करिब पौने ४ बजे काठमाडौँ महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास गरिरहेको स्थानियले देखेपछि ती बालिकाको स्थानियले उद्दार गरिएको थियो ।
बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । स्थानियले उनलाई नियन्त्रणमा लिएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन, तर ती पुरूषले प्रयासमात्रै गरेको भनेको छु एसपी राठौरले भने, बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ ।
विकले बालिकालाई फकाएर लगेको उनले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।