रुपन्देहीका वडा सदस्यको कोरोनाका कारण मृत्यु
द नेपाल मिडिया
२२ आश्विन २०७७, बिहीबार १०:५८
२२ असोज, रौतहट । रुपन्देहीमा कोरोेना भाइरस (कोभिड १९)का संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ निवासी ४७ वर्षीय वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
यही असोज १३ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत १४ गते श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएको वडा अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको क्षेत्रीले बताए ।