गुल्मीमा तीन दिनअघि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

   २१ आश्विन २०७७, बुधबार ११:१९  

२१ असोज, रौतहट । गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी तीन दिनअघि परार भएका छोरा पक्राउ परेका छन् ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझमा आफ्नै ६० वर्षीय बाबु दिबहादुर बस्नेलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदार राज पन्तका अनुसार परार भएका अनिल बस्नेतलाई वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घरमा लुकेर बसेको अवस्थामा हिजो पक्राउ गरिएको छ ।

निजले बाहिर हिँड्ने घर नआउने भएकोले बाबुले सम्झाउने क्रममा झगडा परेको र आफुले मुक्का प्रहार गरी मारेको स्वीकार गरेको पन्तले बताए ।

उनका अनुसार बाबु छोरा दुवै मदिराको सेवन गरेका थिए ।