संझाको सम्झनामा दीप प्रजव्लन
२० असोज,रौतहट । रौतहटको वृन्दावन नगरपालिका-४ हरैयापल्टुवाकी १४ वर्षिया बालिकाको गत असोज १६ गते हत्या भएको थियो । हत्याको चार दिन बितिसक्दा पनि अपराधी फेला पर्न सकेको छैन ।
हत्या गरिएकी बालिका साहको सम्झनामा गौर र गरुडामा युवाहरुले दीप प्रजव्लन गरेका छ्न । मृतक बालिका साह प्रती श्रद्धाञ्जली दिएर घटनाका दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब दिन युवाहरुले गौर र गरुडाको मुख्य चोकमा कार्यक्रम गरेका हुन ।
१६ गते शुक्रवार खेतमा घाँस लिन गएकी संझाको शव अर्द्धनग्न अवस्थामा उखु बारीमा फेेेला परेको थियो । पछिल्लो समय रौतहटमा हत्या हिंसाको घटना बढेको प्रती चिन्ता व्यक्त गर्दै सुरक्षा व्यवस्था दुरुस्त पार्न प्रशासनले ध्यान दिनु पर्ने कार्यक्रममा सहभागीहरुले बताए । महिलाहरु माथी एक पछि अर्को बलात्कार र हत्याको घटनाले असुरक्षा महसुस भएको उनीहरुको दाबी छ ।
यस अघि रौतहटकै गढिमाइमा एक महिलाको हत्या भएको थियो । पछिल्लो समय रौतहटमा अपराधिक गतिविधि बढेकोमा नागरिक समाजले समेत चिन्ता व्यक्त गरेको छ ।