बुटवल अस्पतालमा मृत्यु भएका महिलामा कोरोना पुष्टि

   १९ आश्विन २०७७, सोमबार १५:५३  

१९ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु भएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीय उपचाररत कोरोना संक्रमित महिलाको आइतबार राति ८ बजे मृत्यु भएको हो ।

हिजो बिहान ९ बजे भर्ना भएकी महिलाको पीसीआर परिक्षण गर्नका लागि स्वाब संकलन गरिएको थियो ।

सोमबार उनमा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने को संख्या २६ पुगेको छ ।