कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

   १९ आश्विन २०७७, सोमबार १२:४८  

१९ असोज, रौतहट । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

से६प २९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका १ स्थित बलभद्र बस्तीका एक ७० वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिंहबहादुर तामाङको सेती प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यही मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय बलबहादुर तामाङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।