भक्तपुरमा बसभित्र सामुहिक बलात्कार दुई जना पक्राउ, एक जना फरार
१८ असोज, रौतहट । रत्नपार्कबाट भक्तपुर रुटमा चल्ने बसमा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
भक्तपुर नगरपालिका ८ कालाँचामा ३ जना युवाले एक किशोरीलाई सामूहिक बलात्कारी गरेका हुन् । बलात्कारमा संलग्न ती अपराधिहरु बा.३ ख.२६१२ नम्बर बसका स्टाफ रहेको र तीनै जनाले सामुहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले जानकारी दिए ।
बसभित्र सामूहिक बलात्कार गरिएका तीन जनामध्ये दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएको प्रहरी बताए । सिन्धुपाल्चोक साँगाचोकगढी १० बस्ने २२ वर्षीय निरकुमार खड्क र जुगल गाउँपालिका ४ का सुर्य श्रेष्ठलाई बलात्कारको आरोपमा पक्राउ परेका छन्, अर्का एक जना आरोपी फरार भएका छन् ।
आरेपीहरुले किशोरीलाई रत्नपनर्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । शनिबार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरीले त्याहाँबाट फुत्केर प्रहरीकहाँ पुगेपछि ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएकोे प्रहरीसंग बताएकी छिन् ।
घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।