कैलाली गौरिगंगाका मेयरलाई कोरोना संक्रमण पुष्टि

   १७ आश्विन २०७७, शनिबार १४:१८  

१७ असोज, रौतहट । कैलाली गौरिगंगाका नगरप्रमुख भीमबहादुर देउवालई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले दिएका जानकारी अनुसार शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

केही समयअघि नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्र्याक ट्रेसिङमा परेका मेयर देउवासहित अन्य १३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको जोशीले बताए ।

‘मेयरसहित १३ कर्मचारीमा अहिले पनि कुनै लक्षण छैन,’ उनले भने ‘उहाँहरू सबै अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’