रौतहटमा रोकिएन अपराधको शृङ्खला
१६ असोज, रौतहट । पछिल्लो समय रौतहटमा एक पछि अर्को अपराधका घटनाहरु वृद्धि भइ रहेको छ । रौतहटको बृन्दावन नगरपालिकामा आज एक १४ वर्षकी बालिकाको बलात्कार पछी हत्या भएको छ ।
बृन्दावन नगरपालिका वडा नं ४ हरैया पल्टुवा मामा घर बस्दै आएकी सँझा साह कानुको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका जनाएको छ । बिहान १० बजे तिर घाँस काटन गएकी सँझा बेेेलुका अबेर सम्म पनि घर नफर्के पछि परिवार र स्थानीयले खोजी गर्दा अर्धनग्न अवस्थामा उनको शव उखुबारीमा फेला परेको थियो ।
शवको अवस्था हेर्दा बलात्कार पछि हत्या भएको संभवना रहेको स्थानीयले बताएका छ्न । घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
एक साता भित्रमा रौतहटमा एक महिलाको धारिलो हतियार प्रहार गरि हत्या भएको छ भने एक महिलाको प्रहरी हिरासतमै मृत्यु भएको छ । यस अघि दुई दलित युवक, एक पुजारि र एक महिलाको हत्या भएको छ ।