इस्मामा पाँच दिनदेखि हराएका कुमालका शव फेला

   १६ आश्विन २०७७, शुक्रबार १५:४१  

१६ असोज, रौतहट । इस्मा गाउँपालिका ३ दर्लामचौरका पाँच दिनदेखि हराइएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमालका शव शुक्रबार मृतावस्थामा फेला परेका हुन् । स्थानीयवासीले इस्मा ५ अँधेरी खोलामा उनका शव सडेका अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रशरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोलीले स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताए ।