विराटनगरमा कोरोना संक्रमणबाट थप एक वृद्ध महिलाको मृत्यु

   १६ आश्विन २०७७, शुक्रबार १५:०३  

१६ असोज, रौतहट । विराटनगरमा कोरोना संक्रमणका कारण उपचाररत एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका १४ जतुवा घर भएकी कोरोना संक्रमित ७२ वर्षीया वृद्ध महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आइसोलेशनमा उपचारका क्रममा आज बिहान ११ः५० बजे उनको निधन भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।

पीसीआर परीक्षण गराउँदा वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएससंगै उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

केन्द्रमा भर्ना गर्दा बिरामी महिलामा उच्च रक्तचाप, श्वासप्रश्वाससँगै झाडापखालाको समस्यासमेत भएको सिग्देलले बताए । बिरामीको दुवै मृगौलामा पुरानै समस्या रहेको जानकारी उनले दिए ।