रुपन्देहीमा कोरोना संक्रमणबाट थप जनाको मृत्यु

   १६ आश्विन २०७७, शुक्रबार ११:०२  

१६ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण रुपनदेहीमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका ७ रामापुरका ६० वर्षीय पुरुष छन् ।

बिहीबार राति बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्थायी अस्पतालमा संक्रमितको निधन भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ करिब ११ बजे अस्पताल भर्ना भएको बिहीबार राति ११ः५० बजे उनको उपचारका क्राममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिएका छन् ।

मृतकलाई दुई दिनदेखि भेन्टिलेटरमा राखिएको गौतमले बताए । योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।