जनकपुरमा एक कर्मचारी २४ हजार घुससहित पक्राउ

   १५ आश्विन २०७७, बिहीबार १४:५९  

१५ असोज, रौतहट । जनकपुरधाममा एक कर्मचारी २४ हजार घुससहित पक्राउ परेका छन् ।

आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलीप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका छन् ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई पक्राउ गरेको हो ।

कार्यालय सहयोगी पजियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफुले नै गर्ने भन्दै उनीसँग घुस मागेका थिए ।

उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा रंगेहात पक्राउ गरिएको छ ।