बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
१५ असोज, रौतहट । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान ५ः२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले बताए । उनमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिका ५ का ७५ वर्षीय महिलाको शिक्षण कोहलपुरमा बुधबार राति १ बजे मृत्यु भएको छ । उनमा मृगौला र पित्तथैलीको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हालसमम बाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
त्यस्तै, बाहिरी जिल्लाबाट उपचारका लागि आएर कोरोनाबाट अहिलेसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् ।