२५ किलो चरेससहित बझाङबाट दुईजना पक्राउ
१५ असोज, रौतहट । बझाङबाट २५ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बझाङका बुङ्गल नगरपालिका २ बस्ने २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामीलाई प्रहरीले २५ किलो चरेससहित पक्राउ गरीएको हो । बझाङको बित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानबाट २५ किलो उनस्हरुलाई चेरससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले जानकारी दिए ।
खड्काले दिएका जानकारी अनुसार गोप्य सुचनाको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बुङ्गलबाट बित्थडतर्फ गइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।