कैलालीमा सशस्त्र जवानविरुद्ध बलात्कार आरोपमा जाहेरी

   १५ आश्विन २०७७, बिहीबार १२:०९  

१५ असोज, रौतहट । कैलालीमा दुई सशस्त्र प्रहरी जवानविरुद्ध जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार  गरेको आरोपमा उजुरी  परेको हो ।

१९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।

भदौ १५ गते बिहान कर्णाली नदीमा माछा मारेर फर्कंदा १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी बहिनीमाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको डीएसपी मीन घलेले जानकारी दिए ।

राजापुर–४, फत्तेपुरस्थित नर्सरीमा उनीहरूलाई बलात्कार र यौन दुव्र्यवहार गरेको समेत जाहेरीमा उल्लेख छ ।