महोत्तरीमा जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव नै पक्राउ
१५ असोज, रौतहट । महोत्तरीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वडासचिव नै प्रहरीले पक्राउ गरेको छ ।
माहेत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बजारबाट घर जानेक्रममा ति महिलालाई बुधबार राति बलात्कार गरेको अभियोगमा भंगहा वडा न. ९ मा कार्यरत वडासचिव यादवलाई बुधबार राति ९ बजे नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए । महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन् ।
तर, बलात्कार भएरनभएको यर्थात मेडिकल परिक्षणपछि मात्रै पुष्टि हुन्छ । अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको छ । स्थानीयहरुका अनुसार वडा सचिव यादव राति अत्याधिक मदिरा सेवन समेत गरेका थिए ।