फेसबुकले ल्यायो इन्स्टाग्राम र म्यासेञ्जरबीच आपसमा च्याट गर्न सकिने सुविधा
१५ असोज, रौतहट। फेसबुकले बुधबार इन्स्टाग्राम र म्यासेञ्जरका प्रयोगकर्ताले आपसमा च्याट गर्न सक्ने सुविधा ल्याउने घोषणा गरेको छ । इन्स्टाग्रामका प्रयोगकर्ताले अब नयाँ अप्सन अपडेट भएसँगै फरक खालको म्यासेजिङ अनुभव गर्न पाउनेछन् ।
जसमा म्यासेञ्जरमा जस्तै च्याट कलर परिवर्तन गर्न सकिने, ईमोजोमार्फत रिएक्ट गर्न सकिने, सँगसँगै भिडियो हेर्न सकिने, म्यासेज डिलिट गर्न सकिने लगायतका फिचर रहेका छन् । सँगसँगै यस्ता प्रयोगकर्ताले फेसबुक प्रयोग गर्ने साथीहरुसँग च्याट गर्ने विकल्प पनि पाउनेछन् ।
यसको जानकारी एपले नै दिनेछ । इन्स्टाग्रामको इनबक्समा उपलब्ध हुने यी फिचर प्रयोगकर्ताले अपडेट गर्न सहमत भएसँगै प्राप्त हुनेछन् ।
क्रश प्लेटफर्म म्यासेजिङ इन्टरअपरेबिलिटीसँगै प्रयोगकर्ताले एउटै म्यासेजिङ एपमार्फत आफ्ना साथी तथा परिवारसँग विश्वकै दुई ठूला सामाजिक सञ्जालमा आपसमा च्याट गर्न सक्ने र अन्य च्याट एप प्रयोग गर्ने कारण सीमित हुनेछ।
फेसबुकका अनुसार इन्स्टाग्राम प्रयोगकर्तासँग फेसबुक अकाउन्ट भए पनि वा नभए पनि नयाँ इन्टरअपरेबिलिटीले काम गर्ने जनाएको छ । यो सुविधामा फेसबुकले आफ्नो ह्वाट्सएपलाई समेत जोड्ने योजना बनाएको छ ।
यद्यपी प्रयोगकर्ताले आफ्नो मूख्य च्याटमा ककसले पहुँच पाउने भन्ने कुराको निर्धारण गर्न सक्ने गरी गोपनीयता सुरक्षित गरिएको फेसबुकले जनाएको छ । यदि इन्स्टाग्राम प्रयोगकर्ताले फेसबुकबाट कसैको म्यासेज प्राप्त गर्न चाहँदैन भने उसले यो फिचर अफ गर्न समेत सक्नेछ ।
यस किसिमको नियन्त्रण फेसबुकले हालै सार्वजनिक गरेको नयाँ अकाउण्ट सेन्टरबाट समेत कायम गर्न सकिनेछ । यो टुलले प्रयोगकर्तालाई सिंगल साइन अन र फेसबुक प्ले जस्ता क्रशः एप फिचरलाई व्यवस्थापन गर्ने सुविधा दिनेछ ।
यो फिचर सुरुवाती चरणमा इन्स्टाग्रामका सीमित प्रयोगकर्तालाई समेत उपलब्ध हुनेछ । त्यसो त तपाईंले एक अर्को प्लेटफर्ममा पहुँचका लागि सहमति जनाउँदा समेत फेसबुकले दुवै इनबक्सलाई मर्ज भने नगरिने स्पष्ट पारेको छ ।
यसको अर्थ तपाईंले आफ्नो इन्स्टाग्रामका सबै च्याट म्यासेञ्जरको इनबक्समा तथा म्यासेञ्जरका च्याट इन्स्टाग्रामको डीएममा हेर्न सक्नुहुने छैन । इन्स्टाग्रामका प्रयोगकर्ताको म्यासेज तथा कल इन्स्टाग्रामकै एपमा रहनेछन् ।
तर फेसबुक प्रयोगकर्ताले सहमति जनाएको अवस्थामा भने इनबक्समा समावेश गर्न सक्नेछन् । यस किसिमको परिवर्तनले केही दुविधा समेत उत्पन्न गराएको छ ।
फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो प्राइभेसी तथा सेक्युरिटी सेटिङको नेभिगेसन जटिल हुँदै गएको देखेकै छन् । यसमा नयाँ सुविधाको विस्तारले यसलाई झन दुविधातर्फ धकेलेको छ ।
गत वर्ष फेसबुकका सीईओ मार्क जुकरबर्गले म्यासेजिङ इन्टरअपरेबिलिटीलाई थप निजी सोसल नेटवर्किङको अनुभव दिने सुविधाको रुपमा अगाडि बढाउने कम्पनीको भिजन प्रस्तुत गरेका थिए ।