नेपालमा थपिए १५५९ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ९०२ संक्रमित
१४ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्जर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी अनुसार बितेको २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
हालसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या २० हजार ८ सय ९१ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८ सय ४ जना रहेका छन् ।
त्यस्तै, बितेको २४ घण्टामा थप १ हजार ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने योसंगै कोरोनामुक्त हुनेको कुल संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणबाट २ महिला र ५ पुरुष गरी थप ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने को कुल संख्या ४ सय ९८ पुगेको गौतमले जानकारी दिए ।
त्यस्तै, काठमाडौँ उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मनत्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।