रौतहटको सिमाक्षेत्रबाट व्यापक तस्करी शुरु
१४ असोज, रौतहट । भारतीय बजारसँग सिमा जोडिएको रौतहटमा सिमा क्षेत्रबाट व्यापक तस्करी शुरु भएको छ ।
सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकाको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी र गौर नगरपालिकाको पश्चीममा रहेको महादेवपट्टि बाट मदिरा, रेडिमेड कपडा, खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहारमा निर्वाचन नजिकिदै जादा मदिरा तस्करी बढन थालेको हो । बिहारमा मदिरामा प्रतिबन्ध रहेकोले तस्करहरुले यो नाका बाट प्रत्येक दिन ठूलो परिमाणमा मदिरा भारत पठाइरहेका छन । बेलबिछवामा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी भए पनि संगठित तस्करहरुले दैनिकरुपमा अवैध सामग्रीहरु भित्राइरहेका छन ।
सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले विभिन्न सामानको तस्करी निकै फस्टाएको छ ।
बन्दाबन्दीको बेला सिमानाका बन्द भए पछि अवैधरुपमा मुद्राको ओसारपसार कारोबार पनि उच्च बिन्दुमा रहेको छ । लकडाउनका कारण भारततर्फ रहेको करोडौं नेपाली रुपैंया रौतहटको इशनाथ, गौर र राजदेवी नगरपालिकाको नाकाहरु बाट आउने गरेको छ । इशनाथको औरैया, मठिया, महुलिया, लवतना गौरको महादेवपट्टी र राजदेवीको बेलबिछवा नाका यस कामको लागी प्रयोग भइरहेको छ ।
प्रहरीका घुमुवानै “लाइनर”
सूचना संकलनका राखिएका सादा पोशाकका प्रहरी कर्मचारीले नै तस्कर र प्रशासन बिच पुलको काम गरिरहेका छन । “कारोबार शुरु गर्नु भन्दा पहिले घुमावा (सादा पोशाकका प्रहरी) हरुलाई नै फकाउनु पर्छ ।” तस्करीमा सँलग्न एक कारोबारी नाम नछाप्ने शर्तमा भन्छन “प्रहरीको कुन युनिटलाई कति रकम दिने र हाकिम अनी क्षेत्रको टोलिलाई कति रकम दिने सबै कुराको घुमुवाले नै तय गर्छन ।”
घुमुवा प्रहरी राख्न नपाउने नियम भए पनि सूचना संकलकका रुपमा सशस्त्र र नेपाल प्रहरीले उनीहरुलाई परिचालन गर्ने गरेको छ । तर सूचना संकलकको रुपमा नाम फेरिए पनि उनीहरुले रकम उठाउने पुरानो कामलाई भने परिवर्तन गर्न सकेका छैनन ।
गौरबाट हुने तस्करी मात्रै होइन बंकुल, कटहरीया र रामपुर खापका क्षेत्रहरुबाट पनि घुमावाहरुले रकम उठाउने गरेका छन ।