सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

   १४ आश्विन २०७७, बुधबार १४:२१  

१४ असोज, रौतहट । सप्तरीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका ४ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनका उपचारका क्रममा बुधबार मृत्यु भएको छ । उनी मिर्गाैला रोगबाट पनि पिडित थिए ।

अक्सिजन कम भएपछि, प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको मृतकको भाइ पिन्टुकुमार यादवले जानकारी दिए ।

उनले भदौ २७ गते गोल्डेन अस्पतालमा पीसीआर परीक्षण गराउदा रिपोर्ट नेगेटिभ आएको थियो । बालकैदेखि मधुमेहबाट पीडीत उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गाैलाले काम गर्न छाडेको भन्दै घर फर्काएका थियो ।