पर्सामा स्वास्थ्यकर्मी र सुरक्षकर्मीसहित थप १२ जनामा कोरोना पुष्टि

   १४ आश्विन २०७७, बुधबार १२:१३  

१४ असोज, रौतटह । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित पर्सामा थप १२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति वीरगञ्जस्थि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पर्साका १ सय २९ जनाको पीसीआर परीक्षण गर्दा एक स्वास्थ्यकर्मी र आर्मी ब्यारेकका ४ जना सुरक्षाकर्मीसहित १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पर्सामा कोरोना पुष्टि भएका अन्य सबै वीरगञ्ज महानगरपालिकाका बासिन्दा रहेका अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।