रौतहटमा बाघको आक्रमणबाट दुई घाइते, एक बेपता
१४ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन भने एक जना बेपता भएका छन ।
चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षिय अशोक थापा र ३४ वर्षिय प्रबिण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए । सोही वडाका २७ वर्षि संगम भण्डारी दिउसो घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरुलाई बाघले आक्रमण गरेको हो ।
वन क्षेत्रमा घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले बताए ।