बालिका बलात्कारको आरोपमा एक पक्राउ

   १३ आश्विन २०७७, मंगलवार २०:४६  

१३ असोज, रौतहट । रौतहटको कटहरियामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छ्न ।

कटहरिया नगरपालिका वडा नं.१ कि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  स्थानीय २५ वर्षीय ईन्दल दासलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । धारामा पानी लिन गएकी बालिकालाइ दासले नजिकैको धानको खेतमा लगी जवरजस्ती करणी गरी फरार भएका थिए ।

घटनाको जानकारी पाए पछि प्रहरीले खोजतलस गरि दासलाइ पक्राउ गरेको थियो ।  खोज तलास गर्ने क्रममा घटनास्थल देखी १०० मिटर उतर परसवनी देखी खोर टोल जाने सडकमा निज ईन्दल दास पानीले भिजी लगाएको हाफ पाईन्ट सहित फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकलाइ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।