नेपालमा थपिए १५१३ कोरोना संक्रमित
१३ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै, हालसम्म देशभर संक्रिय कोरोना संक्रमितको कुल संख्या २० हजार ३ सय ९६ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन्, भने होम आइसोलेशनमा १० हजार ७ सय ७ जना रहेका गौतमले बताए ।
त्यस्तै, विगत २४ घण्टामा थप ७ सय ३१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ महिला र ७ पुरुष गरी थप १० जनाको मृत्यु भएको छ ।
यसैबीच काठमाडौँ उपत्याकामा ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।