वालिङमा बालुवा निकाल्ने क्रममा पुरिएर एकजनाको मृत्यु, २ जना घाइते

   १३ आश्विन २०७७, मंगलवार १५:०४  

१३ असोज, रौतहट । वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर आज एक जनाको मृत्यु भएको छ ।

वालिङ ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको हो । मंगलबार बिहान बालुवा निकाल्ने क्रममा पुरिएर गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

उनीसंगै बालुवा निकाल्ने क्रममा स्थानियवासी ३५ वर्षीय मुना थापा र ३१ वर्षीय नारायणी सिञ्जाली घाइते भएका छन् ।