बागमती प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
१३ आश्विन २०७७, मंगलवार १४:५०
१३ असोज, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं बागमती प्रदेशसभा सदस्य मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । असोज ५ गते हेटौँडाबाट काठमाडौँ जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउदा आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको उाले जानकारी दिइन् ।
कोरोना पुष्टि भएसंगै अहिले आफ्र होम आइसोलेशनमा बसेको र स्वास्थ अवस्था पनि सामान्य नै रहेको उनले जानकारी दिइन् ।