एभरेष्ट बैंकका कर्मचारीसहित वीरगञ्जमा थप २५ जनामा कोरोना पुष्टि
१३ असोज, रौतहट । वीरगन्जमा एक जना बैँकरसहित थप २५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा एक जना बैंकरसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार गएरति १ सय ९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका २४ जना र बाराका एक जनागरी दुई महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टि भएका संक्रमितहरु १८ वर्षदेखि ७० वर्ष उमेर समुहसम्मका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए ।
उनले २४ भन्दा माथि सिटि भ्यालु भएको संक्रमितले अन्यमा संक्रमण फैलाउने सम्भावना न्यून रहेको समेत अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।