छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु

   १२ आश्विन २०७७, सोमबार १३:२२  

१२ असोज, रौतहट । छुट्टाछुटै घटनामा परी दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआएपछि परिवारले खोजी गर्दा मृतवस्थामा फेला परेका थिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका ६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए ।

जरायो मारेर शिकार गरिरहेको अवस्थामा घाँस काट्दै उनी त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको रामको भनाइ छ ।