चितवनमा डिएसपीसहित ८ प्रहरीमा कोरोना पुष्टि
द नेपाल मिडिया
१२ आश्विन २०७७, सोमबार १२:०४
१२ असोज, रौतहट । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सुर्यबहादुर थापासहित ८ जना प्रहरीहरुमा कोरोना भाइरस(कोभिड १९)का संक्रमण पुष्टि भएको छ । आइतबर राति गरिएको पीसीआर परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
प्रहरी उपरीक्षक नान्तिराज गुरूङले संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए । उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए ।
चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ