रौतहटको कटहरियामा खोलामा डुबेर युवकको मृत्यु

   १२ आश्विन २०७७, सोमबार ११:००  

१२ असोज, रौतहट । रौतहटमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया गाउँको छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर मृत्यु भएको हो ।

कटहरिया नगरपालिका ९ मुसर टोल बस्ने भरत माझीको छोरा २८ वर्षीय किश्वरी माझिको गाउँ छेउमा रहेको झांजखोलामा को किनार नजिकै सौच गर्न गएकोमा घर नफर्किएकोले रातिनै निजको आफन्तले खोजतलास गर्दा फेला परेको थिएन् ।

हिजो सांझ  इलाका प्रहरी कार्यालय कटहरियाको टोलि र स्थानीयको सहयोगमा खोज तलास गर्दा झांजखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा माझिको शव फेला परेको सई लतिफ अन्सारीले बताएका छन् ।

मृतकको शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।