नेपालमा थपिए १५७३ कोरोना संक्रमित
११ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङ्मा दिएका जानकारी अनुसार १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७३ जनाकोे कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमितहुनेको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
त्यस्तै, आज देशभर संक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ८ हजार २ सय ३१ जना र होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।
यस्तै, बितेको २४ घण्टामा ८ सय ८५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ भइसकेका छन् ।
यसैबीच नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको ४ सय ७७ पुगेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना गरी ८०९ जनामा कोरोना पुष्टि भएको हो ।