बक्यौंता भुक्तानी र मिल संचालनको माँग गर्दै गरुडामा प्रर्दशन

   ११ आश्विन २०७७, आईतवार १७:४५  

११ असोज, रौतहट । रौतहट जिल्लाको गरुडा स्थित श्रीराम सुगर मिल्स लिमिटेडलाई एकतर्फी रुपमा सुचना जारी गरी उद्योगपतिले बन्द गरेकाका कारण उखु किसानहरुले श्रीराम सुगर मिल्स अगाडि प्रदर्शन गरेका छन् ।

उद्योग बन्द भएपछि उखु किसानका साथै सयौ मजदुर र आश्रित परिवार विच्चलीत भएको भन्दै उखु उत्पादक संघले गरुडामा चक्काजाम गरेका छन । उद्योगले किसान र मजदुरलाई दिनुपर्ने भुक्तानी समेत नदिएर आफ्नो दायित्वबाट पछाडी हटे पछि किसानहरुले आन्दोलनमा उत्रिएका हुन । उखु किसानहरुले उद्योगबाट पाउनु पर्ने ४१ करोड बाँकी रहेको, मजदुरहरुले पाउनुपर्ने उपदान, क्षतीपूर्ती तथा सञ्चयकोषको रकम समेत भुक्तानी नभएको कारण नेपाल सरकार र सम्बन्धीत निकायलाई ध्यानकर्षण गराउन आन्दोलन गर्नु परेको कृषकहरुले बताएका छन ।

उखु किसान, श्रमिक तथा नेपाल सरकारको समन्वयमा, बन्द भएको सो उद्योग पुनः संञ्चालन गराउनु पर्ने किसानहरुले माग रहेको छ । उखु किसानहरुले असोज १० गते शनिबार देखी आइतबार सम्म चरणबद्धरुपमा चक्काजामको कार्यक्रम राखेका छन ।