कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना पुष्टि
११ असोज, रौतहट । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठकोे आज (आइतबार) कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए । ‘बिहीबार रूघाखोजी र ज्वरो आएको थियो । हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएको थिएँ, आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘होम आइसोलेसनमा बसेको छु । ज्वरो, रूघाखोकी निको भइसकेको छ ।’
उनले यसअघि सांसद विनोद चौधरीलाई भेटेका थिए । कोरोना देखिएका सांसद चौधरी निको भइसकेका छन् । ‘सांसद चौधरीसँग भेट भएपछि दश दिनअगाडि पनि स्वाब परीक्षण गराएको थिए । त्यसबेला नेगेटिभ आएको थियो,’ उनले भने।
आफूसँग प्रत्यक्ष भेटघाट गरेकाहरूलाई आवश्यक सजगता अपनाउन पनि सांसद श्रेष्ठको आग्रह छ ।