नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

   ९ आश्विन २०७७, शुक्रबार १७:२२  

९ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानेकारी अनुसार १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ५३ महिला र ८ सय ६० पुरुष गरी थप १ हजार ३ सय १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर संक्रमित हुनेको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

यस्तै, हाल देशमा संक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ । जसमध्ये ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा १ हजार ४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३:४ प्रतिशत रहेको छ ।

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्, भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।