पाल्पामा गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये २ महिलाको शव भेटियो

   ९ आश्विन २०७७, शुक्रबार १५:४९  

९ असोज, रौतहट । पाल्पामा गएको पहिरोमा घर पुरिदा बेपत्ता भएका ५ जनामध्ये आज दिउँसो २ महिलाको शव फेला परेको छ ।

रम्भा गाउँपालिका २ फोक्सिङकोटमा बिहीबार बिहान गएको पहिरोमा ६३ वर्षीय हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र ७ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका छन् ।

बेपत्तामध्ये आज दिउँसो दुई महिलाको शब भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज विहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य शुरु भएको हो ।

सुरक्षा निकाय, स्थानीयको सहयोगमा अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।