गाई मारेको अभियोगमा कारागारमा रहेका संक्रमित आइसोलेसनबाट फरार
९ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएर आएका एक कैदी अस्पतालको आइसोलेशनबाटै भागेको छन् ।
अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।
गाई मारेको आरोपमा पक्राउ परेर कारागारमा रहेकै बेला उनमा कोरोना संक्रमण पुष्टि भएपछि कारागारमा ठाउँको अभाव भएका कारण कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेशनमा उपचाररत रहेकै समयमा राति पानि परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जका नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ। अस्पतालबाट भागेका ती युवाको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।